‘नो, नट अगेन’सम्बन्धी रिटको सुनुवाइ न्यायाधीश मल्ल र माथेमाको इजलासमा

कात्तिक २४, काठमाडौं । सर्वोच्च अदालतमा दायर ‘नो, नट अगेन’सम्बन्धी रिटमा अन्तिरम आदेशसम्बन्धी छलफलका लागि न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासमा पेसी रहेको छ।

रिटमा आइतबार प्रारम्भिक सुनुवाइपछि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानविरुद्ध जारी गरेको विज्ञप्तिको तत्काल कार्यन्वयन नगर्नु भन्दै अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो । बुधबार बहसपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा आदेश आउने छ ।

निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले ‘नो, नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए । रिटमा संविधानको धारा १७ र १९ ले वयैक्तिक तथा प्रेस स्वतन्त्रतासम्बन्धी गरेको व्यवस्थाविपरीत आयोगले ‘नो नट अगेन’ अभियनाविरुद्ध विज्ञप्ति जारी गरेको दाबी गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.