कात्तिक २३, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुन गइरहेको निर्वाचनअन्तर्गत प्रदेशसभातर्फ मोरङ( ३ को ‘क’मा नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार दिएका कांग्रेस नेता तथा प्रदेश–१ का वन वातावरण तथा भू– संरक्षण मन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि आयोगले कांग्रेसका लागि उम्मेदवार मनोनयनसहितको नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो । आयोगको अनुसार कात्तिक २४ र २५ गते उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने छ । मतदान भने मंसिर ४ गते नै हुनेछ । कांग्रेसका प्रदेशसभा सदस्य थापाको बुधबार बिहान मृत्यु भएको थियो ।

