गंगाहिटीबाट ३ लाख ५७ हजार नगदसहित ५ जना जुवाडे पक्राउ

कात्तिक २१, काठमाडौं । प्रहरीले काठमाडौंको गंगाहिटीबाट ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका– ७ गंगाहिटी मिरमिरे टोलस्थित रुपचन्द्र श्रेष्ठको फ्ल्याटमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ५७ हजार ८ सय ५५ रूपैयाँ र २४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.