हल्ट प्राईज प्रतियोगितामा सान इन्टरनेशनल कलेज पनि सहभागी हुँदै

कात्तिक २०, काठमाडौँ । सामाजिक उधमको लागि विश्वको सबैभन्दा ठूलो विद्यार्थी– प्रतिस्पर्धा मानिएको हल्ट प्राईज प्रतियोगीतामा पहिलो पटक सान इनटरनेशनल कलेजको पनि उत्साहजनक सहभागिता हुने भएको छ ।

युवाहरुको ज्ञान, सीप र क्षमतामार्फत विश्वमा निम्तिएका संकटहरुको समाधान खोज्ने उद्देश्यले सुरु गरिएको हल्ट प्राईज प्रतियोगिता विद्यार्थी र शैक्षिक संस्थाहरुको आकर्षण बढेको छ । कलेजले विध्यार्थीलाई पढाईमा मात्र नभई वाह्य क्रियाकलापमा पनि सहभागी गराई विद्यार्थीको जीवन स्तर उकास्ने हेतुका साथ थुप्रै प्रतियोगितामा सान इन्टरनेशनलले सहभागिता जनाउँदै आएको छ ।

सान कलेजमा स्नताक र स्नातकत्तोर तहमा अध्ययन गरेका विद्याथीहरुले उक्त प्रतियोगितामा भाग लिन पाउने छन् । कलेजका विजेता टिमले थप अरु कलेजका टिमहरुसंग गर्नेछ । अन्तिम चरणमा भने विश्वभरिका ६ वटा टिमले युएनको कार्यालयमा आफ्नो आईडिया प्रस्तुत गरिने छन् । विजेता टिमले एक मिलियन डलर प्राप्त गरिनेछ । हल्ट पुरस्कारले संसारभरका युवाहरूलाई सामाजिक उद्यमशीलता मार्फत ग्रहको सबैभन्दा महत्त्वपूर्ण समस्याहरू समाधान गर्न चुनौती दिन्छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.