काठमाडौँ क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेद्वार विष्टले सार्वजनिक गरे घोषणापत्र

कात्तिक २०, काठमाडौँ । मंसिर ४ गते सम्पन्न हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेद्वार दिएका राजेश कुमार विष्टले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

आज एक कार्यक्रमका विच विष्टले आफ्नो उम्मेद्वारीको औचित्य र वर्तमान राजनीतिले निम्त्याएको परिवेशलाई उजागार गर्दै जनताको मागलाई सम्बोधन गर्न चुनावी मैदानमा आएको बताएका छन् । लामो समयदेखि शिक्षण, पत्रकारिता र कानुनी सेवा क्षेत्रमा क्रियशिल विष्टले विश्वबजारमा बिक्ने खालको शिक्षानीति ल्याई विश्वका विद्यार्थीलाई समेत नेपालमा अध्ययन गर्न आउने वातावरण बनाउनेतर्फ लाग्ने बताएका छन् । बढ्दै गएको भ्रष्टाचार, अनिमियतता, बलत्कार, हिंसा जस्ता गतिविधिलाई रोक्न प्रभावकारी कानुनको निर्माणमा आफ्नो भूमिका रहने बताउँदै स्थानीय स्रोतसाधनको अध्ययन अनुसन्धन गरी स्थानीयहरुको आर्थिक स्तर वृद्धि गराउने गुरुयोजना समेत सार्वजनिक गरेको छ ।

काठमाडौँ क्षेत्र नं. ३ मा पुराना दल र आफ्नो स्वार्थमा लागेर निर्वाचनमा भाग लिनेहरु विरुद्ध वैकल्पीक शक्तिको रुपमा विष्टले स्वतन्त्र रुपमा चुनाव चिन्ह भँगेरा लिएर प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनेको बताए । अधिवक्त समेत रहेका विष्टले घोषणापत्र सार्वजनिकसंगै २२ गतेबाट जनताको घरदैलो अभियानमा लाग्ने बताए । उनले मतदातामाझ दुई प्रतिबद्धतता पेश गरेका छन् । क्षेत्रीय र राष्ट्रिय गरी योजनाहरु सार्वजनिक गरेका हुन् । राष्ट्रियमा नीति निर्माणसंगै राष्ट्रिय सवालहरु, प्रदेश सभा र सामानुपातिक उम्मेद्वारको प्रणाली हटाएर राष्ट्रिय आर्थिक भार घटाउने योजना रहेको छ । राष्ट्रिय मूलधारमा महिला समावेशीकरण ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशत बनाउने योजना रहेको छ ।

त्यस्तै क्षत्रिय स्तरमाको विकासको प्रक्रियासंगै सामाजिक रुपन्तरणमा समेत विशेष योजना बनाएको छ । सुन्दरीजललाई राष्ट्रिय निकुञ्जबाट अलग गरेर एकीकृत पर्यापर्यटकीय सुन्दरीजल क्षेत्र विकास समिति बनाउने, प्रत्येक वडामा स्वास्थ्यचौकीलाई व्यवस्थित बनाई नियमित स्वास्थ्य परिक्षण गर्न एक चिकित्सक र एम्बुलेन्सको व्यवस्थापन, निर्वाचन क्षेत्रभित्रका १३ वटा वडाहरुमध्ये एक वडा एक उतपदन उद्योगको रुपमा विकास गरी वैदेशिक रोजगारमा रहेका युवाहरुलाई स्वादेशमै रोजगारीका अवसर सिर्जना गर्ने, प्रयोगमा नआएका सुन्दरीजल विद्युत उत्पादनगृहमा रहेको स्थापनाकालको टवाईनलाई पुनः जडान गरी त्यसबाट उत्पादित विदुत क्षेत्रका जनतालाई निःशुल्क वितरण गरिने, जेष्ठ नागरिकमैत्री धार्मिक मिनिरेल मार्ग बनाउने, बालबालिका र जेष्ठ नागरिक पार्कभिलेज बनाउने, कागेश्वरी १ र गोकर्णेश्वर १,२, ३, ४ वडाहरुमा जातिय साँस्कृतिक सामग्री उत्पादनसहिको होमस्टे स्थापना गर्ने, डिजिटल प्रविधिमैत्री क्षेत्रको रुपमा विकास गर्ने, फोहोरलाई पुनः प्रयोग प्रविधि अपनाई मोहरमा परिणत गर्ने लगायत योजनाहरु घोषणापत्रमा उल्लेख छ ।

स्वतन्त्र उम्मेद्वार विष्टले यस अघि मतदाता भेटघाट कार्यक्रममा सकारात्मक सुझाव पाएको बताउँदै आफ्नो जीत सुनिश्चितता गर्न विभिन्न संघसंस्था, महिला समूह, आमा समूह र स्वतन्त्र उम्मेद्वारहरुसंग छलफल कार्यलाई तिब्रता दिएको बताएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.