काठमाडौँ क्षेत्र नं. २ मा एमाले जिताउ अभियानमा पूर्वमेयर थापा

कात्तिक १५, काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका पूर्वमेयर कृष्णहरि थापाले नेकपा एकीकृत समाजवादी छाडेका छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालका विश्वास पात्र मानिएका थापाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत दसैँको शुभकामना दिँदै पार्टीको कुनै पदमा नरहेको घोषणा गरेका हुन् । थापाले मंगलबारदेखि आफु नेकपा एमाले जिताउ अभियानमा लागेको समेत बताएका छन् । शनिबार समाजवादी परित्याग गरेका थापाले मंगलबार बिहान भनेका छन, ‘आज मिति २०७९ कार्तिक १५ गते (१ नोभेम्बर २०२२) देखी नेकपा (एमाले) जितॅाउ अभियानमा लागियो ।’

समाजवादीका केन्द्रीय लेखा आयोग सदस्यसमेत रहेका थापा काठमाडौं– २ का प्रभावशाली नेता मानिन्छन् । ७४ मा उनी एमालेबाट मेयर निर्वाचित भएका थिए । गत स्थानीय चुनावदेखि नै नेतृत्वप्रति असन्तुष्ट थिए । कागेश्वरी माधव नेपालको क्षेत्र हो । गत वैशाखको स्थानीय चुनावमा यहाँ नेकपा एसलाई बाहिर राखेर कांग्रेस(माओवादीले मात्र तालमेल गरेका थिए । आफ्नै क्षेत्रमा नेकपा एसलाई दिलाउन नसकेको भन्दै उनी नेपालसँग असन्तुष्ट थिए ।

एक्लै मेयर उठेका थापा ३५५६ मतका साथ तेस्रो भएका थिए । माधव नेपालले कांग्रेससँग गठबन्धन गरेर वाम आन्दोलनलाई धोका दिएको उनको गुनासो छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.