कात्तिक १३, काठमाडौं । नवलपरासीको बुलिङटारमा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।
पाल्पाबाट गोरखा आउँदै गरेको ना६ख ७५८० नम्बरको बस दुर्घटनामा बुलिङटार गाउँपालिका–२ स्थित कालीगण्डकी करिडोर सडकखण्डमा दुर्घटना भएको हो । दुर्घटनामा पाँचजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका सूचना अधिकारी प्रनाउ सन्तोष पाठकले बाह्रखरीलाई जानकारी दिए ।
उनका अनुसार उद्धार गरिएका २४ जना घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । घाइतेको संख्या थपिन सक्ने उनले बताए । घटनाको थप विवरण आउन बाँकी छ ।

