कार्तिक ११, काठमाडौं । एलन मस्कले सामाजिक सामाजिक सञ्जाल ट्विटरको स्वामित्व पूर्णरुपमा लिएका छन् ।
न्यूयोर्क टाइम्सका अनुसार अर्बपति एलन मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गरेका हुन् । मस्का मालिक भएलगत्तै बिहीबार ट्विटरका सीईओ पराग अग्रवालसहित उच्च कर्मचारीलाई बर्खास्त गरेका छन् ।
चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे, सल्लाहकार सिन एजेडलाई पनि बर्खास्त गरेका छन् ।
दुवै पक्षले यस विषयमा कुनै जानकारी नगराए पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यसलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।केही समयअघि मस्क सम्झौताबाट बाहिरिन खोजेका थिए । उनको कदमविरुद्ध अदालतमा मुद्दा दायर भएपछि अदालतले मस्कलाई आजसम्मको समय दिएको थियो ।

