सत्ता गठबन्धनको बैठक बस्दै, ‘बागी’लाई कारबाहीको तयारी

कात्तिक ९, काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलले आगामी मंसिर ४ मा हुन लागेको आम निर्वाचनमा पार्टीका बागी उमेदवारलाई कारबाही गर्ने तयारी गरेका छन् ।

सत्ता गठबन्धनकोे बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक बस्दै छ । बैठकमा कारबाहीबारे छलफल हुने एक दुई दिनभित्रै कारबाही गरिने एक नेताले बताए । आजको बैठकमा चुनावी सभाबारे पनि छलफल हुने बताइएको छ । निर्वाचन नजिकिँदै गएकाले बागीलाई समय दिनुभन्दा कारबाही नै गर्नुपर्ने अवस्था आएको गठबन्धनका नेताहरुको बुझाइ रहेको बताइएको छ ।

तर, केही स्थानमा सत्ता गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने गठबन्धनमै सहमति भएकाले त्यहाँका उमेदवारलाई भने कारबाही हुने छैन । गठबन्धनमा नेपाली कांग्रेसका बढी बागी उमेदवार छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.