कात्तिक ७, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व– २०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ।
राष्ट्रपति भवनमा सांस्कृतिक संस्थानले उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत÷ सङ्गीत, नृत्य प्रस्तुत गरिएको थियो। राष्ट्रपति भण्डारीले सम्पूर्ण प्रस्तुति अवलोकन भएको थियो। राष्ट्रपति कार्यालयमा प्रत्येक वर्ष तिहार पर्व मनाउने गरिन्छ।रासस

