कात्तिक ६, काठमाडौं । कांग्रेसकी नेतृ मैयादेवी श्रेष्ठको निधन भएको छ । नेपाली कांग्रेसकी नेतृ, पूर्वसांसद तथा समाजसेवी श्रेष्ठको गएराति उपचारको क्रममा चितवनमा निधन भएको हो ।
उनको निधनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । श्रेष्ठ मैयादेवी कन्या कलेजको संस्थापक पनि थिइन् । उनी २०४८ सालमा गोरखाबाट सांसद भएकी थिइन् भने राष्ट्रिय सभा सदस्य पनि भएकी थिइन् । उनले यसअघि नै आफ्नो नामको सबै सम्पत्ति दान गर्ने घोषणा गरेकी थिइन् ।

