सन्दीपविरुद्ध आज तेस्रो पटक म्याद थप्ने तयारी

कात्तिक २, काठमाडौं । प्रहरीले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज तेस्रो पटक म्याद थप्ने तयारी गरेको छ । बलात्कार आरोप लागेका सन्दीपविरुद्ध पुनः म्याद थप्न लागेको हो ।

सन्दीपविरुद्ध दोस्रोपटक हिरासतमा राख्न अदालतसँग लिइएको पाँच दिनको अनुमति मंगलबार सकिए पनि सार्वजनिक बिदा परेकाले आज म्याद थपिन लागेको हो । म्याद थपका लागि अदालतमा बुझाउने तयारी भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

अनुसन्धान गर्न थप समय आवश्यक भएकाले हिरासतमा राख्न अनुमति मागिने एसपी मैनालीले जानकारी दिए । प्रहरी वृत्त, गौशालाबाट उनीविरुद्धको मुद्दाको अनुसन्धान अगाडि बढेको छ । एक नाबालिगले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.