प्याराग्लाइडिङबाट खसेर आर्मीका खेलाडी थापाको मृत्यु

असोज ३०, काठमाडौं । पोखरामा प्याराग्लाइडिङबाट खसेर नेपाल आर्मीका २६ वर्षीय खेलाडीको मृत्यु भएको छ ।

आज बिहान पोखरामा उनी प्याराग्लाइडिङबाट खसेका थिए । आर्मीका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको हो ।

थापाले सराङकोटबाट उडान भरेका थिए । सय मिटर माथिबाट उनी जमिनमा खसेका थिए । जमिनमा खसेर घाइते भएका थापाको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.