मुलुकले एक अथक स्रष्टा गुमाएको पीडाबोध भएको छ : राष्ट्रपति

असोज ३०, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको बताएकी छन् ।

आइतबार बिहान ट्विट गर्दै उनले ‘जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत’ भएको उल्लेख गरेकी छन् । उनले संस्कृतिविद् जोशीको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

“वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ,” राष्ट्रपति भण्डारीको ट्विटमा लेखिएको छ, “उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत हो । अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली ! ”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.