मतदाता शिक्षालाई बृहत्तर बनाइने

असोज २८, काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित मतदाता शिक्षालाई बृहत्तर बनाउने तयारी गरेको छ ।

आयोगको कार्यालय बहादुर भवनमा आज मतदाता शिक्षाका लागि आयोजित ‘मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले प्रशिक्षण प्राप्त गरेपछि प्रशिक्षार्थीले मतदातामा व्यापक जागरण ल्याउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

“निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउनमा जनशक्तिको भूमिका महत्वपूर्ण हुन्छ”, आयुक्त डा तुलाधरले भने, “यो भूमिकामा यहाँ सक्रिय छन् भन्ने विश्वास मैले लिएकी छु ।” उनले मतदातालाई सुसूचीत बनाउने आयोगको जिम्मेवारी पूरा गर्दै जनस्तरसम्म मतदाता शिक्षालाई मिहीन ढङ्गले बुझाउनुपर्ने बताए ।

आयोगका सचिव गोकर्णमणि दुवाडीले मतदातालाई मतादान केन्द्रसम्म ल्याएर बढीभन्दा बढी मतदान गराउन र बढीभन्दा बढी सदर मत गराउन प्रशिक्षण कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.