काठमाडौँ ३ प्रदेश ‘ख ’ को गठबन्धनमा काँग्रेस नमिल्दा एमालेको जीत सुनिश्चित

असोज २७, काठमाडौँ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि देशैभर उम्मेद्वारी दर्ता प्रक्रिया सकिएसंगै विभिन्न निर्वाचन क्षेत्रमा भने बागी उम्मेद्वार र स्वतन्त्र उम्मेद्वारहरुले मूल राजनीतिक दलका उम्मेद्वारहरुलाई चुनौति दिएका छन् ।

त्यस्तै काठमाडौँ क्षेत्र नं. ३ मा पनि त्यस्तै भएको छ । सत्तारुढ दलको गठबन्धनको सहमतिअनुसार संघमा नेपाली काँग्रेसले टिकट पाएको त्यस निर्वाचन क्षेत्र प्रदेश ‘क’ मा पनि काँग्रेसले नै टिकट पाएको छ भने प्रदेश ‘ख’ मा गठबन्धनको सहमतिअनुसार नेकपा माओवादी केन्द्रले टिकट पाएको थियो । संघमा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका सन्तोष चालिसेले टिकट प्राप्त गरेका छन् । त्यस्तै प्रदेश ‘क’ मा काँग्रेसकै छिरिङदोर्जे तामाङले पाएका छन् । प्रदेश ‘क’ मा भने नेकपा माओवादी केन्द्रका महेश्वर फुयाँलले पाएका थिए । फुयाँलको ठाउँमा काँग्रेसका बिमल ठकुरीले उम्मेद्वारी दर्ता गरेपछि गठबन्धनको सम्बन्ध चिसिएको छ ।

उम्मेद्वारीको सम्बन्ध चिसिएसंगै वाम पार्टीहरु एक भएर विमल ठकुरीको विरुद्ध लाग्ने भएको छ । जसले गर्दा सन्तोष चालिसेलाई समेत चुनौति बढेको छ । पूर्व मेयर समेत भएका चालिसे गठबन्धनको आँटमा जित्ने आशा बनाईरहदा पार्टीभित्रैका सहयात्रीलाई मिलाउन नसक्दा चुनौति व्यहोर्नुपर्ने स्थिति आएको छ । त्यस्तै प्रदेश ‘ख’मा नेकपा एमालेका शक्तिशाली उम्मेद्वार रामेश्वर फुयाल रहेकोले प्रदेशमा एमाले ढुक्का भएको छ । गठबन्धन बिग्रिएसंगै नेकपा एमालेका उम्मेद्वार रामेश्वर फुयाँललाई जीत पक्का हुनेमा विश्वस्त छन् ।

काठमाडौँ क्षेत्र नं. ३ मा गठबन्धनलाई काँग्रेसले बिथोलेको भन्दै वाम पार्टीहरु एक भएर अगाडी बढ्ने तर्क बाहिरन थालेको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले   संघमा सहयोग गरेपनि प्रदेशको हकमा विचार गर्नुपर्ने बताएको छ । पार्टीमा बैठक बसेर अहिले देखिएको समस्यालाई समाधानको निकास खोज्ने एकीकृत समाजवादीका एक नेताले बताए । त्यस्तै गठबन्धनको मूलमर्मा र भावना बिर्सिएर अन्तरघात गरेको भन्दै माओवादी केन्द्रले पुरतनवादी सोँच, अहमता र हैकमवाद विरुद्ध जनतामाझ जागारण अभियानमा लाग्ने एक नेताले बताए ।

काँग्रेसकै कारण काठमाडौँ क्षेत्र नं. २ र ३ मा लोकतान्त्रि वाम गठबन्धनका उम्मेद्वारहरु पराजय व्यहोर्नुपर्ने स्थिति आएकाले चुनावी अभिायन थालिन अघि नै जनताको घरदैलोमा जागारण अभियान लाने बताए । उक्त क्षेत्रमा नेकपा एमालेबाट यस अघि निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्ण राई पुन उम्मेद्वार बनेका छन् त्यस्तै प्रदेश ‘क’ मा बौद्धका समाजसेवी एवम् बौद्ध क्षेत्र विकास कोष समितिका अध्यक्ष समेत भइसकेका चन्द्रमान तामाङ उम्मेद्वार रहेका छन् भने प्रदेश ‘ख’ संविधानसभा सदस्य, प्रदेशमन्त्री समेत भईसकेका पूर्व प्रदेश सांसद रामेश्वर फुयाँल रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.