कलाकार महोत्रा झुन्डिएको अवस्थामा मृत फेला

असोज ७, बुटवल । रुपन्देहीको देवीनगरमा कलाकार राजु महोत्रा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

स्थानीय कलाकार राजु गए राति करिब २ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । करिब ३५ वर्षीय महोत्रा बिहीबार साँझ गायक नन्दु परियारलगायत व्यक्तिसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए ।

महोत्राको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको र घटनाबारे अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनले दर्जनौँ म्युजिक भिडियो निर्माण र अभिनय गरेका थिए ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.