प्राज्ञिकद्वारा त्रिभुवन विश्वविद्यालयको अभ्यास वर्ग सम्पन्न, संयोजकमा बगाले चयन

आसोज ५, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले त्रिभुवन विश्वविद्यालय इकाई समितिको अभ्यास वर्ग सम्पन्न गरि त्रिवि संयोजकमा अर्जुन बगालेलाई चयन गरेको छ ।

मंगलबार विद्यार्थी परिषद् त्रिभुवन विश्वविद्यालय इकाईको आयोजना भएको एक दिवसिय अभ्यास वर्गमा विद्यार्थी परिषद् त्रिभुवन विश्वविद्यालय संयोजकमा सर्वसम्मत रूपमा व्यवस्थापन संकायमा अध्ययनरत अर्जुन बगाले चयन भएका हुन । विद्यार्थी परिषद्का केन्द्रीय पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न वर्गबाट त्रिवि व्यवस्थापन केन्द्रीय विभाग दोस्रो सत्रमा अध्ययनरत परिषद्का निवर्तमान त्रिवि सचिव अर्जुन बगालेको नेतृत्वमा २७ सदस्यीय त्रिवि इकाई समिति पुर्नगठन गरेको विद्यार्थी परिषद्ले जनाएको छ । विद्यार्थी परिषद्ले अभ्यास वर्गको माध्यमबाट विश्वविद्यालयको सम्पूर्ण कार्यसमिति समेत पुर्नगठन पनि गरेको छ ।

परिषद्ले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विषय कार्यक्रमकाको सभा हलमा आयोजना गरेको अभ्यास वर्गमा उक्त विषयका संयोजक प्रा।डा। कृष्णराज आचार्य व्यवस्थापन केन्द्रीय विभागका विभागीय प्रमुख एवं प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका विशेष आमन्त्रित सदस्य प्रा.डा. रामजी गौतम, विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपाने, राष्ट्रिय सचिव नारायण तिमिल्सिनाको विशेष उपस्थिति रहेको थियोे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.