असोज ३, काठमाडौ । काठमाडौंको गोठाटारमा एक जनामाथि गोली प्रहार भएको छ । गोली लागेर एक जना घाइते भएका छन् । घाइतेको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ ।
उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रविन्द्र धानुकले घटनाको अनुसन्धान भइरहेको बताए । उनका अनुसार घटनाको विस्तृत विवरण आइसकेको छैन । प्रहरी टोली घटनास्थल पुगेको छ ।

