वाग्मती किनाराका अवैध संरचना भत्काइँदै

असोज २, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली वाग्मती नदी किनाराका अवैध संरचना भत्काउन आइतबार बिजुलीबजार–तीनकुने करिडोर क्षेत्रमा पुगेको छ । नक्सापासविपरीत सार्वजनिक जग्गामा बनाइएका अवैध संरचना भत्काउन टोली सो क्षेत्रमा पुगेको हो ।

बिजुलीबजार–तीनकुने करिडोर क्षेत्रका अवैध संरचना हटाउने काम भइरहेको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । यही भदौ ६ गतेदेखि महानगरले अवैध संरचना भत्काउने अभियान सुरु गरेको थियो । अभियानलाई बृहत् रूपमा अघि बढाइएको महानगरले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.