भदौ २९, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादसैँको टीकाको शुभसाइत सार्वजनिक गर्ने तयारी गरेको छ । समितिले चाडपर्वहरूको उत्तम साइत सार्वजनिक गर्ने गर्छ ।
समितिले यो वर्षको बडादसैँको टीका, महानवमी, महाअष्टमी, फूलपाती, घटस्थापनालगायत कार्यको साइत सार्वजनिक गर्ने तयारी गरेको हो । हरेक वर्ष दसैँ आउनु केही दिनअघि उत्तम साइत सार्वजनिक गर्ने गरिन्छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलका अनुसार पर्सि (शुक्रबार) सम्म दसैँको शुभसाइत सार्वजनिक गर्ने तयारी छ ।

