खाद्यले दसैँमा च्याङ्ग्रा नल्याउने, तीन जिल्लाबाट खसीबोका भित्र्याउने तयारी

भदौ २६, काठमाडौं । गत वर्षको दसैँमा च्याङ्ग्रा बिक्री नगरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि च्याङ्ग्रा बिक्री नगर्ने भएको छ ।

कम्पनीले यो वर्ष मकवानपुर, धादिङ र दाङबाट दसैँका लागि खसी र बोका खरिद गर्ने भएको छ । हाल यी जिल्लाहरूमा खसीबोका खरिद गर्ने प्रक्रिया अघि बढेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहनप्रसाद चन्दले अहिले विभागबाट सम्बन्धित निकायलाई पत्र काटिसकेको बताए । अब खसीबोका खरिद गर्नका लागि जिल्ला प्रशासन कार्यालयसँग सहकार्य गर्ने उनले। जानकारी दिए । “हामीले यो वर्ष च्याङ्ग्रा खरिद गर्दैनौँ । हामीले खसीबोका तीन जिल्लाबाट ल्याउने प्रक्रिया अगाडि बढाइसकेका छौँ ।

असोज १० गतेभित्र सबै खसीबोका हामीले काठमाडौं भित्र्याउने छौँ,” उनले भने, “भेटेरिनरी डाक्टर र प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन मूल्यांकन टोली बनाइने छ । सो टिमले खसीबोकाको स्वास्थ्य अवस्था र गुणस्तर मापन गर्नेछ ।” कम्पनीले यस वर्षको दसैँमा दुई हजार खसीबोका काठमाडौं उपत्यकामा भित्र्याउने तयारी गरेको छ । त्यस्तै, असोज १ गतेदेखि दसैँलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी कम्पनीले गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.