नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाई गरेकाे भन्दै राष्ट्रपतिविरुद्ध प्रदर्शन

भदौ २६, काठमाडौं । राष्ट्रपतिले नागरिकता संशोधन विधयेक प्रमाणीकरणमा ढिलाइ गरेको भन्दै नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आइतबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि राष्ट्रपति विद्यादेवी भण्डारी विरोध प्रदर्शन गरेको हो । सो क्रममा प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको हो । विद्यार्थीले राष्ट्रपतिको पुत्ला दहन गर्दै नाराबाजी गरेका थिए । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेपछि विद्यार्थी प्रहरीमाथि जाइलागेको हो ।

प्रदर्शनका कारण दरमार्ग, रत्नपार्क र बागबजार क्षेत्रमा सवारी जाम भएको थियो । नागरिकता विधेयक दोस्रो पटक दुवै सदनबाट पारित भइ प्रमाणीकरणक लागि राष्ट्रपति समक्ष पठाइसकिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.