पदक बिजेता खेलाडी प्रशिक्षक सम्मानित

पुरुषोत्तम पोखरेल,

भदौ २२, काठमाडौँ । थाइल्याण्डको फुकेटमा सम्पन्न थाइल्याण्ड ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक बिजेता खेलाडी र प्रशिक्षक सम्मानित भएका छ्न् ।

२१ वटा राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा नेपालले एक स्वर्ण र एक कास्य पदक जित्न सफल भएको थियो। नेपालका लागि साइमन श्रेष्ठले ४५ केजी तौल समूहमा स्वर्ण पदक र मोहम्मद सेखु आलमले ८४ केजी तौल समूह मुनि कास्य पदक जितेका थिए । उनिहरुलाई भक्तपुरमा ग्लोबल नेप्लिज कराते अर्गनाइजेसन र भादगाउँ स्पोर्टस एण्ड लाउन्जले पदक बिजेता खेलाडी र प्रशिक्षक सन्तोष चाम्लिङ लाई नगद सहित सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा नेपाल कराते महासघका पूर्व अध्यक्ष तथा केन्द्रीय ब्ल्याक बेल्ट कमिटीका अध्यक्ष अन्तर्राष्ट्रिय रेफ्री, वरिष्ठ कराते प्रशिक्षक आनन्दु लामा, जिएनकेओका ग्लोबल प्रतिनिधि तथा बिसलका संस्थापक सुरेन्द्र भेले, सिनियर खेलाडी तथा प्रशिक्षक मनोज हाडा र रोशन प्रजापति लगायतका खेलाडी प्रशिक्षकलाई सम्मान गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.