दिदीबहिनीलाई बेहोस बनाएर बलात्कार गरेको अभियोगमा साह दोषी ठहर

भदौ २०, जनकपुरधाम । धनुषा महेन्द्रनगरकी नाबाल दिदीबहिनीलाई बेहोस बनाएर बालात्कार गरेको अभियोग लागेका राजकुमार साहलाई जिल्ला अदालत धनुषाले दोषी ठहर गरेको छ ।

सोमबार नारायणप्रसाद सुवेदीको एकल इजलासले साहबाट कसुर भएको फैसला सुनाएको हो । उनीमाथि क्षिरेश्वरनाथ नगरपालिका–५ का ०७६ वैशाख १५ गते दिउँसो दिदीबहिनीलाई बेहोस बनाएको आरोप लागेको थियो । उनले दुवैजनालाई बेहोस बनाएर दिदीलाई बलात्कार गरेको आरोप लागेको थियो ।अदालतका श्रेस्तेदार विकास बस्नेतले कसुर ठहर भएको र भदौ २७ गते सजाय निर्धारणको पेसी राखिएको जानकारी दिए ।

जाहेरीवालाको तर्फबाट अधिवक्ता धर्मप्रसाद कोइराला, मोहना अन्सारी, राहुल झा, प्रदीप मिश्र, रेखा झा र आरती साहले बहस गरेका थिए । उनीहरूले हदैसम्म सजाय हुनुपर्ने माग गरेका छन् । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता विनोद शर्मा, उमेश पञ्जियार, अञ्जु मण्डल र मनोज ठाकुरले बहस गरेका थिए । यो मुद्दा ०७६ जेठ ८ मा जिल्ला अदालतमा दर्ता भएको थियो । साढे तीन वर्ष समय लागेर फैसला भएको यो मुद्दामा ३० वटा पेसी चढेका थिए ।

घटनाको सुरुमा प्रहरीले मुद्दा दर्ता गर्नसमेत ढिलाइ गरेको थियो । पछि स्थानीयहरूले महेन्द्रनगरमा चक्का जामसहित आन्दोलन सुरु गरेपछि यो मुद्दालाई सरकारी मुद्दाका रूपमा स्थापित गरिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.