तरलताको समस्या आउन नदिन राष्ट्र बैंकले बनाएको योजना माग

भदौ ५ , काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले तरलता समस्या आउन नदिन नेपाल राष्ट्र बैंकले बनाएको योजना ७ दिनभित्र बुझाउन निर्देशन दिएको छ । मंगलबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या आउन नदिन राष्ट्र बैंकले बनाएको योजना माग गर्ने निर्णय गरेको हो ।

बैठकले बैंक तथा वित्तीय संस्थाबारे विभिन्न आँकडा पनि सात दिनभित्र बुझाउन राष्ट्र बैंकलाई निर्देशन गरेको छ । बैंकहरुबाट भएको लगानीको क्षेत्रगत अवस्था, निक्षेप र कर्जाको औसत अवधि, संघ, प्रदेश र स्थानीय तहहरुमा बैंक तथा वित्तीय संस्थाको अवस्थाबारेको तथ्यांक पनि अर्थ समितिले माग गरेको छ ।

त्यस्तै सबै स्थानीय तहमा कहिलेसम्म बैंक पुर्‍याउने भन्ने योजना पनि समितिले माग गरेको छ । बैंकहरुले ऋणमा लिने बचतमा दिने ब्याजदरको अधिकतम सीमा पनि माग गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.