राति मोबाइल प्रयोग गर्नाले बढ्दै छन् मधुमेह र डिप्रेसनका बिरामी

भदौ १५, काठमाडौँ । रातिको समय मोबाइलमा लगातार हेर्ने लतले युवाहरूको स्वास्थ्य बिगारिरहेको अध्ययनले देखाएको छ। सामाजिक सञ्जालमा भएका गतिविधिसँग अपडेट रहन युवाहरू दिनभरको काम सकेर सुत्नुअघि मोबाइल स्क्रोल गर्छन्।

तर यो स्क्रोलिङ केही मिनेट भन्दा पनि धेरै घण्टासम्म चल्छ। यसले निद्रामा असर गर्छ र उनीहरु अन्य रोगको सिकार हुन्छन्। रातको समयमा फोन चलाउने यो बानिलाई रिभेन्ज बेड टाइम प्रोक्रस्टिनेसन भनिन्छ। केही अध्ययनहरूले पत्ता लगाएका छन् कि निकै राती सम्म मोबाईल हेरेर ढिलो सुत्दा उच्च रक्तचाप, मधुमेह, हृदय समस्या, साथै तौल बढ्ने र डिप्रेसन हुन सक्छ। सबै कुरा थाहा हुँदाहुँदै पनि युवाहरू सुत्नुको सट्टा मोबाइल चलाउनाले यो अवस्था चिन्ताजनक रहेको एक अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले बताएका छन्। यस समस्याबाट छुटकारा पाउनको लागि स्क्रिन समय कम गर्न जरुरी छ।

वैज्ञानिकहरूले स्क्रिनको लतबाट टाढा रहनको लागि राती आफ्नो मनपर्ने कार्यक्रमहरू नहेर्न सुझाव दिन्छन्। यदि तपाईं सुत्नु अघि सोसल मिडिया चलाउन चाहनुहुन्छ भने फोनमा टाइमर राखेर चलाउनुपर्छ। केही घण्टाको लागि एपका नोटिफिकेसनहरू ब्लक गर्न सक्नुहुन्छ। सुत्नुअघि पढ्ने, स्केच गर्ने, चित्र बनाउने, ध्यान गर्ने वा जानकारी मुलक कुराहरू खोज्ने प्रयास गर्नुहोस्। यसले स्क्रिन समय कम गर्न सहयोग हुन्छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.