३५ दिनभित्र अनधिकृत संरचना हटाउन मध्यपुर थिमि नगरपालिकाको सूचना

भदौ १४, काठमाडौं । मध्यपुर थिमि नगरपालिका भक्तपुरले अनधिकृत संरचना हटाउन सूचना जारी गरेको छ । ३५ दिनभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको नगरपालिकाले अन्यथा कारबाही गर्ने चेतावनी दिएको छ ।

“नगरपालिका क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरू तथा क्षेत्रमा समेत प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड विपरित सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरू निर्माण गर्ने, सार्वजनिक आवागमनमा बाधा अवरोध पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्ने गरिएको पाइएको छ,” सूचनामा उल्लेख छ, “अव्यवस्थित रूपमा सवारी साधनहरू पार्किङ गर्ने र सडक फुटपाथमा व्यापार व्यवसाय गरी आवागमन अवरुद्ध बनाउने कार्य गरेको देखिएकोले यो सार्वजनिक सूचना जारी गरिएको छ ।”

नगरपालिकाले सूचनामा उल्लेख गरेको छ, “सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाउनु होला । अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम र प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।” काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन सुरु गरेपछि त्यसको प्रभाव अन्य नगरपालिकामा पनि देखिन थालेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.