नेपाल तामाङ संघ (समाजवादी) केन्द्रीय कमिटिको प्रथम बैठक सम्पन्न

भदौ ११, काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट जनवर्गिय संगठन नेपाल तामाङ संघ (समाजवादी) को प्रथम पूर्ण बैठक सम्पन्न भएको छ ।

नेपाल तामाङ संघ (समाजवादी) को १६ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा बसेको बैठकले आगामी निर्वाचनमा तामाङ समुदायबाट नेतृत्वको सिट सुरक्षित गर्नेदेखि संगठन विस्तारसम्मको रणनीतिहरु बनाउने निर्णय गरेको छ ।  तामाङ संघका केन्द्रीय अध्यक्ष लाप्साङ तामाङ पाख्रिनको अध्यक्षतामा नेकपा एकीकृत समाजवादीका केन्द्रीय निर्वाचन आयोगका सदस्य रामचन्द्र बलको प्रमुख आतिथ्यता एवम् नेपाल आदीवासी जनजाति महासंघ (समाजवादी) महासचिव चन्द्र बहादुर तामाङको विशेष आतिथ्यतामा बसेको बैठकले समुदायको पहिचान र समावेशीसहित नेतृत्वमा सहभागीता गराउने निर्णय गरेको छ ।

पार्टीको विधि विधानमा टेकेर समाजवादको यात्रालाई सफल बनाउन नेपाल तामाङ संघ समाजवादीले समयपरिस्थितिअनुसार काम गर्दै जाने बताएको छ । प्रमुख अतिथि समेत रहेको पार्टी निर्वाचन आयोगका केन्द्रीय सदस्य रामचन्द्र बलले संगठनलाई बजबुद बनाउन समुदायको विभिन्न संघसंस्था तथा समूहरुसंग निकट सम्बन्ध राखेर काम गर्नुपर्ने बताए । तामाङ समुदायले मनाउँदै आएको विभिन्न चाँडपर्व एवम् समुदायको पहिचान, हकहित र अधिकारको सवालमा सहभागीता जनाएर आफ्नो विचार प्रस्ट राख्नुपर्ने बताए ।

नेपाल तामाङ संघ (समाजवादी) केन्द्रीय कमिटिको प्रथम पूर्ण बैठकले विधान प्रकाशन, सचिवालय गठन, प्रदेश, जिल्ला इन्र्चाजको जिम्मेवारी दिने, कोष निर्माण, कार्यालय व्यवस्थापन, सदस्य मनोनित लगायत निर्णयहरु गरेका छन् । बैठक संघकी महासचिव किरण मोक्तानले सञ्चालन गरेकी थिईन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.