समानुपातिक निर्वाचनमा भाग लिने दलले भदौ १० देखि १२ गतेसम्म दर्ता गर्नुपर्ने

भदौ ८, काठमाडौं । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलेले दल दर्ता गर्नु पर्ने भएको छ । निर्वाचन आयोगले भदौ १० देखि १२ गतेसम्म दर्ताका लागि निवेदन पेस गर्नुपर्ने जनाएको छ ।

“मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ वा दफा ४९ बमोजिम आयोगमा दल दर्ता गर्नुपर्नेछ,” आयोगले सूचना जारी गर्दै भनेको छ, “समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई २०७९ साल भदौ १० देखि १२ गतेसम्म कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.