भदौ ५, जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको निधनको शोकमा सिरहाको लहान नगरपालिकामा बिदा दिइएको छ । आइतबार पालिका मातहतका सम्पूर्ण कार्यालयमा लागु हुने गरी बिदा दिइएको हो ।
नगर प्रमुख महेशप्रसाद चौधरीले पालिका मातहतका निकाय र उद्योग वाणिज्य संघले बजार बन्द गरेर गिरिको निधनमा शोक मनाउन व्यवसायीहरूलाई अनुरोध गरिएको छ । गिरिको शनिबार राति साढे ९ बजे उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो । लहान गिरिको गृहनगर हो ।

