गठबन्धनको सिट बाँडफाँटमा साझा अवधारणा बनाउन कार्यदललाई निर्देशन

भदौ ३, काठमाडौं । आगामी चुनावका लागि तालमेलको मोडालिटी बनाउन गठित गठबन्धनको कार्यदलले अहिलेसम्म भएका गरेका कार्यविवरण शीर्ष नेताहरूलाई बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा कार्यदलमा हालसम्म भएका छलफलका प्रगति विवरण शीर्ष नेताहरूलाई बुझाइएको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकमा कार्यदलले बुझाएको प्रगति विवरणमा छलफल भएको र शीर्ष नेताहरूबाट छिट्टै कार्यसम्पादन गर्न निर्देशन प्राप्त भएको कार्कीले बताए । बैठकमा शीर्ष नेताहरूले तालमेलको खाकामा साझा अवधारणा बनाउन पनि कार्यदललाई निर्देशन दिएको उाले बताए ।

कार्कीले कार्यदलले तयार गरेको तालमेलको आधारका सबै विवरणका बारेमा जानकारी गराएको र चाँडै काम सम्पन्न गर्ने जानकारी दिए । कार्कीले तालमेललाई निष्कर्षमा पुर्‍याउने बाटोमा कार्यदल अघि बढेको बताए । प्रतिनिधिसभा र प्रदेशसभा दुवैको सिट बाँडफाँट एकैपटक हुने पनि उनले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.