भदौ १, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले भदौ २५ गतेभित्र सबै उमेदवार टुङ्गो लगाउने भएको छ ।
बुधबार पार्टी कार्यालय तीनकुनेमा बसेको समाजवादीको सचिवायलय बैठकले निर्वाचनमा उमेदवार बन्न पार्टीको छनौट विधिसहित निर्देशिका पारित गरी भदौ २५ गतेभित्र सबै उमेदवारको निर्णय पार्टी केन्द्रले गरिसक्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यस्तै, बैठकले भदौ ९ गते पार्टीको पुनर्गठन दिवस देशभर मनाउने, माओवादी केन्द्रसँग एकता संयोजन समिति निर्माण गर्न छ्लफल अगाडि बढाउने लगायत निर्णय गरेको छ ।

