मलेसियामा लगाएको प्रतिबन्ध खुल्यो

भदौँ १, काठमाडौं । मलेसियाले आप्रवासी श्रमिकहरूलाई अस्थायी रूपमा लगाएको प्रतिबन्ध खुला गरेको छ।

मलेसियाको मानव संशाधन मन्त्रालयले केही समयका लागि नेपालीसहित सबै आप्रवासी श्रमिक ल्याउन रोक लगाएको थियो। मन्त्रालयले आउँदो शुक्रबारदेखि फेरि श्रमिक ल्याउन खुला गर्ने निर्णय गरेको हो। यसअघि अगस्ट ३१ सम्म आप्रवासी कामदारको मागपत्र प्रमाणीकरण स्वीकृत नगर्ने उल्लेख गरेको थियो। मलेसिया नेपाली श्रमिकहरूको प्रमुख श्रम गन्तव्य मुलुक हो। पछिल्लो समय मलेसिया सरकारले श्रमिकको तलब वृद्धि गरी एक हजार पाँच सय मलेसियन रिंगेट (४२ हजारभन्दा बढी नेपाली रुपैयाँ) पुर्‍याएको छ।

यसले गर्दा अझ आकर्षण बढेको छ। पछिल्लो समय साउदी अरबलगायत अन्य खाडी मुलुक गएका नेपाली युवाहरू पनि फर्किएर मलेसिया जाने सुरसारमा छन्। कोरोना भाइरस महामारीका कारण मलेसियाले लामो समय नेपालीलगायत आप्रवासी श्रमिक प्रवेशमा कडाइ गरेको थियो। जसकारण गत आर्थिक वर्षमा धेरै नेपालीहरू मलेसिया जान सकेनन्। १५ हजारभन्दा बढी युवाहरू मलेसिया पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.