नेपाली र अमेरिकी सेनाबीच संयुक्त तालिम हुँदै

साउन ३०, काठमाडौं । नेपाली र अमेरिकी सेनबीच संयुक्त तालिम सञ्चालन हुने भएको छ ।

दुई देशको सेनाले साउन ३१ गतेदेखि भदौ ३१ गतेसम्म ‘एक्स–ब्यालेन्स नेल २२–५५३०’ तालिम गर्न लागेका नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ । सशस्त्र द्वन्द्वको कानुन, सैन्य निर्णय निर्माण प्रक्रिया लगायत विषयमा केन्द्रित हुने तालिममा नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना सहभागी हुनेछन् । तालिमको लागि अमेरिकी सेनाको टुकडी आवश्यक सामग्रीसहित सोमबार नेपाल आइपुगेको निर्देशनालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.