प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन

साउन २९, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवासमा पार्टीको जनमत बढाउने गतिविधि गर्न र आगामी निर्वाचनमा स्वदेश आउन प्रवासमा रहेका नेपालीलाई आग्रह गरेका छन्।

पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा भएको प्रवासी नेपाली एकता समाज (पानस) को अन्तर्राष्ट्रिय समिति र विभिन्न २७ देशका राष्ट्रिय समन्वय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रवासले राप्रपाप्रति भरोसा गरेको र आगामी निर्वाचनमा भरोसालाई भोटमा रुपान्तरण गर्न पार्टीको प्रवासमा रहेका संगठनलाई थप क्रियाशील हुन निर्देशन दिएका छन्।

जनताले यथास्थितिबाट मुक्ति खोजिरहेको बेला राप्रपा भरपर्दो विकल्प बनेर अगाडि बढिरहेको छ, नेपाल आउँदै हुनुहुन्छ भने केही समय पर सार्नुस् र निर्वाचनको बेला नेपाल आउनुस्, चुनावी अभियानमा सहभागी हुनुस्, विदेशमा रहेका नेपालीले राप्रपालाई सहयोग गर्न चाहिरहेका छन् उहाँहरुसँग सम्पर्क बढाउनुस्,’ लिङ्देनले भने।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.