मंसिरको पहिलो हप्ता निर्वाचन गर्न सत्तारुढ गठबन्धन सहमत

साउन १८, काठमाडौं । संघीय तथा प्रदेशसभा निर्वाचन मंसिर ४ गते गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते निर्वाचन गर्ने सहमति जुटेको हो । स्रोतका अनुसार अब भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्नेछ । निर्वाचन आयोगले आगामी चार मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ । तर, सरकारले अहिलेसम्म चुनावको मिति तोक्न सकेको छैन ।  बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू उपस्थित भएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.