प्रमुख धार्मिक स्थललाई विश्व सम्पदा सूचीमा राख्न प्रधानमन्त्रीसँग आग्रह

साउन १६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई हिन्दू परिषद नेपालले २१ बुँदे ज्ञापन पत्र हस्तान्तरण गरेको छ । ज्ञापनपत्रमा महिला, बालबालिका एवम् समुदायविरुद्ध हुने सबै प्रकारका हिंसा र विभेद अन्त्य गर्ने व्यवस्था लागू गर्न माग गरिएको छ ।

यसैगरी, धार्मिक स्थलमा राजनीतिक नियुक्ति बन्द गर्न एवम् जानकी मन्दिर, देवघाटधामसहित अन्य प्रमुख धार्मिक स्थललाई विश्व सम्पदा सूचीमा राख्ने व्यवस्था गर्न प्रधानमन्त्रीसँग आग्रह गरिएको छ ।

हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ । यसैगरी, ज्ञापनपत्रमा धर्म परिवर्तन पूर्णरूपमा बन्द गर्न  र धर्म परिवर्तन गराउनेलाई १० वर्ष कैदको व्यवस्था गर्न आग्रह गरिएको छ । नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नेलगायतका २१ बुँदे ज्ञापनपत्र बुझाइएको विज्ञप्तिमा उल्लेख छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.