काठमाडौं महानगरले किन्याे ३ दमकल

साउन ३, काठमाडौं । काठमाडौं महानगरपालिकाले ३ वटा दमकल ल्याएको छ ।

मेयर बालेन शाहका अनुसार ३ वटा दमकल खरिद गरिएको हो । यी दमकलको खरिद प्रक्रिया निवर्तमान मेयर विद्यासुन्दर शाक्यकै पालामा थालिएको थियो । पहिले नै अघि बढेको योजनाअनुसार दमकल महानगर आइपुगेको मेयर शाहले बताए । आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध रहेको उनको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.