कोरोनाको संक्रमण बढ्दो क्रममाः एकैदिन थपिए ४५७ संक्रमित

साउन २, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४५७ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

चारहजार ६५१ वटा नमुना परीक्षण गर्दा ४५७ जनामा संक्रमण पुष्टि भएको हो । आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या एकहजार ७७६ पुगेको छ । आज ९८ हजार ९०० जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.