भारतमा राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै

साउन २, काठमाडौं । भारतमा आज (सोमबार) नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने भएको छ ।

भारतमा हुन लागेको १५ औं राष्ट्रपतिको निर्वाचनका लागि यशवन्त सिन्हा र द्रोपदी मुर्मुबीच कडा प्रतिस्पर्धा हुने भएको हो । निर्वाचनका लागि ४८ सय निर्वाचित सांसद र विधायनहरुले मतदान गर्ने भएका छन् । राष्ट्रपति पदका लागि आदिबासीबाट द्रोपदी मुर्मु महिला उम्मेदवार बन्नुभएको छ भने उहाँलाई भारतको २७ दलको समर्थन रहेको छ । यसैगरी यशवन्त सिन्हालाई १४ वटा दलको समर्थन रहेता पनि दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रपति चुनावमा लोकसभा, राज्यसभा र विधायन सभाका सदस्यहरुले आआफनो मताधिकार प्रयोग गर्ने छन् । २४५ सदसीय राज्यसभामा २३३ सांसदले मताधिकार प्रयोग गर्दा १२ मनोनित सांसदले भने भोट हाल्ने छैनन् ।

यसबाहेक राज्यको कुल ४ हजार ३३ विधायकले पनि राष्ट्रपतिय निर्वाचनका लागि भोट हाल्ने छन् । राष्ट्रपतिय निर्वाचनका लागि कुल ४ हजार ८०९ जनाले भोट हाल्ने भएका छन् । चुनावका लागि भारत भर सुरक्षा ब्यवस्था कडा बनाइएको छ

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.