साउन १, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै राष्ट्र बैंक घेराउ गर्न पुगेका सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेका छन् ।
आइतबार बिहान १० बजे बालुवाटारस्थित नेपाल राष्ट्र बैकको गेटबाट प्रहरीले अखिलका ५ जना कार्यकर्तालाई पक्राउ गरेको हो । गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने क्रममा उनीहरुले निषेधित क्षेत्रमा नाराबाजी गरेका थिए । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरु नेविसंघ र अखिलले गभर्नर अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शनमा प्रहरी र कार्यकर्ताबीच केहीबेर धरपकड भएको थियो ।

