साउन १, काठमाडौं । भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएको छ ।
उहाँले आज (आइतबार) अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएको हो । साथै उहाँले आइतबार नै भाजपाको मूख्याल भ्रमण गरेर भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग पनि भेटवार्ता गर्नुहुने भएको छ। उहाँ भारत गएदेखि नै राजनीतिक भेटघाटमा व्यस्त हुनुभएको छ । गत शुक्रबार नयाँ दिल्ली पुगेलगत्तै उहाँले त्यहाँका सत्ता तथा विपक्षी दललका नेताहरूसँग भेटवार्ता गरिरहनुभएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

