उपत्यकाका तीन जिल्लामा अनलाइनमार्फत मतदाता नामावली संकलन

असार २८, काठमाडौं । निर्वाचन आयोगले उपत्यकाका तीन जिल्लामा अनलाइनबाट मतदाता नामावली संकलन गर्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भोलिदेखि अनलाइनमार्फत फारम भर्न सकिने बताए ।

“काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) बाट यही मिति २०७९ असार २९ गतेदेखि सुरु गर्नेगरी आयोगले मिति २०७९।३।२८ मा निर्णय गरेको छ । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको वेबसाइट www.election.gov.np मा गई व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालय (हाललाई काठमाडौं उपत्यकाका तीन जिल्लामा) अनलाइनबाटै पेस गर्न सकिने छ र सो पश्चात् अनलाईन फाराममा उल्लिखित संकेत नं. सहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न जानु पर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.