बुटवलस्थित एक होटेलमा युवती मृतावस्थामा फेला

असार २६, बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटेलमा युवती मृतावस्थामा फेलापरेकी छन् ।

बुटवल उपमहानगरपालिका–३ मा रहेको रहेको पाल्पाली होटेलमा बुटवल–११ की २१ वर्षीया समीक्षा गुरुङ झुन्डिएको अवस्थामा फेलापरेकी हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार गए राति ती युवती र एक युवक होटेलमा बस्न गएका थिए ।

“ती युवती र युवा राति साढे १० बजे सो होटेलमा गएको खुलेको छ । युवकले राति नै बिल तिरेर गएको र पछि चेक आउट हेर्न जाँदा युवती झुन्डिएको भन्दै राति १२ बजे होटेल सञ्चालकले फोन गर्नुभएको थियो,” उनले भने । युवतीसँगै गएका युवकको अहिलेसम्म पहिचान नभएको र अनुसन्धान भइरहेको उनले बताए । युवतीको शव पोस्टमार्टनका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको उनले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.