बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले दिए राजीनामा

असार २३, लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार पदबाट राजीनामा दिएका छन् ।

यसअघि कन्जरभेटिभ पार्टीको नेताबाट मात्र राजीनामा दिने बताएका उनले शरद ऋतुसम्म सरकार चलाउने बताएका थिए । बेलायतको पछिल्लो राजनीतिक संकटकाबीच उनले अन्ततस् प्रधानमन्त्रीबाट राजीनामा दिएका हुन् । पार्टीले आफ्नो उत्तराधिकारी चयन नगरेसम्म कार्यवाहकको रूपमा रहने उनले वाचा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुमबर्गले जनाएको छ । उनले नागरिकलाई सम्बोधन गर्दै भने, ‘अब कन्जरभेटिभ सांसदहरूको इच्छा हो कि त्यहाँ नयाँ नेता हुनुपर्छ ।’

यसअघि उनको सरकारको ५० भन्दा बढी मन्त्री तथा सहयोगीले राजीनामा दिएपछि प्रधानमन्त्री जोन्सन झन् दबाबमा परेका हुन् । उनकै पार्टीका सांसदहरूले उनले अर्को नेतृत्व चयन कुर्नु सट्टा नोभेम्बर १० मा पद छाड्न दबाब दिएका थिए। – स्रोतः ब्लुमबर्ग ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.