सर्वोच्चका मुख्य रजिष्ट्रार कुँवर तीन महिना लामो बिदामा

असार १७, काठमाडौं । कायम मुकायम प्रधानन्यायधीश दीपककुमार कार्कीसँगको टसलका कारण मुख्य रजिष्ट्रार लालबहादुर कुँवर बिहीबारदेखि लागू हुने गरी असोज ९ गतेसम्म बिदामा बस्नुभएको छ ।

कुँवर लामो समय बिदामा बसेपछि कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्चका रजिष्ट्रार नारायण पन्थीलाई कायममुकायम मुख्य रजिष्ट्रारको जिम्मेवारी दिनुभएको छ । आगामी असोज १५ गते उमेर हदका कारण कामु प्रधानन्यायाधीश कार्की स्वतः अवकाश हुँदै हुनुहुन्छ । कामु प्रधानन्यायाधीश कार्की अवकास भएपछि मात्र सर्वोच्चमा हाजिर हुनेगरी मुख्य रजिष्ट्रार कुँवर करिब तीन महिना लामो बिदामा बस्नुभएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्तासँगै स्वतः निलम्बनमा परेपछि गत फागुण २६ गतेको न्यायपरिषद्को बैठकले कुँवरलाई उच्च अदालतको न्यायाधीश सिफारिस गरेको थियो । सर्वोच्चमा मुख्य रजिष्ट्रार भएकाहरू उच्च अदालतमा मुख्य न्यायाधीशमा सिफारिस हुने परम्परा तोडेर न्यायाधीशमा सिफारिस गरेको भन्दै कुँवरले अस्वीकार गर्दै आउनुभएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.