जंगली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

असार १६, बुटवल । विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका छन् । च्याउका कारण बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँका ६, वडा नं ४ लक्ष्मीनगरका सात र वडा नं १३ बेलबासका दुईजना बिरामी भएका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीका अनुसार जंगलबाट ल्याएको च्याउ खाँदा नयाँगाउँका २८ वर्षीया रिना विक, २८ वर्षीया कमला विक, आठ वर्षीया सुप्रिया विक, ३८ वर्षीय विष्णु विक, ३३ वर्षीया दुर्गा विक र ५० वर्षीय हुमबहादुर विक बिरामी भएका छन् । यसैगरी, बुटबल–४ लक्ष्मीनगर बस्ने ६२ वर्षीया हिमाकुमारी छन्त्याल, वर्ष ६२ कै गौरीमाया सेन, ६५ वर्षीया दीपा सेन, १४ वर्षीय यथार्थ जिसी, ४२ वर्षीया मञ्जु सेन, ६४ वर्षका हरि सेन र ३७ वर्षका प्रकाश सेन बिरामी भएका छन् ।

बिरामीकोे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये पाँच जनाको आईसीयूमा उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केसीले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.