तीज गीत निकाल्दा शब्द चयनमा ध्यान दिन प्रतिष्ठानको आग्रह

असार १४, काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले तीज गीत निकाल्दा कलाकारहरूलाई शब्द चयनमा ध्यान दिन आग्रह गरेको छ।

तीज गीतको नाममा वर्षेनी विकृति विसङ्गति र अभद्र श्रव्यदृश्यहरुप्रति श्रोताहरूको गुनासो आउने गरेकोले तीजको मौलिकता र संस्कृतिलाई विचार गर्न आग्रह गरेको छ। प्रतिष्ठानले विज्ञप्ति निकाल्दै भनेको छ, ‘नेपाली मौलिक लोकगीत सङ्गीत अन्तर्गत पर्व गीत विशेष तीज गीतलाई हाम्रो संस्कृतिको अर्को महत्त्वपूर्ण गीतको रूपमा लिइन्छ । हरेक वर्ष उल्लेखनीय मात्रामा तीज गीत कुनै न कुनै माध्यमबाट व्यावसायिक रूपमा हेर्न पाइन्छ । यो सुखद पक्ष पनि हो ।’

हरेक वर्ष तीजको अवसर पारेर करोडौँको लगानीमा तीज गीत बजारमा आउँछन् । संस्कृतिका नाममा भएको यति ठुलो खर्चले आफ्नो देशको मौलिकता तथा सांस्कृतिक महत्त्व जोगाउन सक्नु पर्ने प्रतिष्ठानले जनाएको छ ।

‘कतिपय तीज गीतको नाममा देखिएका विकृति, विसङ्गति, अभद्र श्रव्य दृश्यहरूप्रति समस्त दर्शक श्रोताहरूको गुनासो बर्सेनि आइरहने हुँदा यस वर्ष पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको विशेष ध्यान आकर्षण भएको छ । तसर्थ, सम्पूर्ण स्रष्टा, सर्जक, गायक–गायिकाले, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्य दृश्य निर्माणकर्ता एवम् वितरकहरूमा सामाजिक सद्भावमा खलल पुर्‍याउने एवम् अभद्र र नियतवश दुई अर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीत–सङ्गीत प्रस्तुत नगरिदिनु हुन अनुरोध गर्दछौँ’ प्रतिष्ठानले भनेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.