बागमती प्रदेश सभाको बैठक बस्दै

काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज मंगलबार बस्दैछ ।

बैठक बिहान ११ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटेसँगै सोमबारबाट प्रदेशसभामा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि छलफल सुरू भएको जनाएको हो । बैठकमा सत्तापक्षले सरकारले ल्याएको बजेट जनमुखी भएको भन्दै स्वागत गरेका थिए भने प्रतिपक्षले सरकारले चुनावलक्षित असन्तुलित बजेट ल्याएको भन्दै विरोध गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.